ताजा अपडेट »

राष्ट्रिय चित्रकला प्रतियोगितामा बुटवलको दीप बोर्डिङका सम्राट प्रथम

बुधबार, ३० भदौ २०७८, १३ : ०६
32 Shares

बुटवल । राष्ट्रिय चित्रकला प्रतियोगीतामा बुटवलको दीप बोर्डिङ हाइ स्कुलका समा्रट श्रेष्ठ प्रथम भएका छन् । राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल सङ्गठन केन्द्रीय समितिले राष्ट्रिय स्तरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियर तर्फ दीप बोर्डिङमा कक्षा ६ मा अध्ययनरत छात्र सम्राट श्रेष्ठ प्रथम भएका हुन् ।

प्रथम भएसँगै सम्राट श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट नगद १५ हजारका साथ प्रमाणपत्र प्राप्त गरे । उनले जिल्ला स्तरीय प्रतियोगितामा द्वितीय हुँदा नगर ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए । राष्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा जिल्ला स्तरमा भएका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल चित्रकार विद्यार्थीहरूले भाग लिएका थिए ।

नेपाल बाल सङ्गठनले कक्षा ६ सम्म जुनियर र कक्षा ६ देखि कक्षा १० सम्मको सिनियर समूह बनाई प्रतियोगिता आयोजना गरेको थियो । जिल्ला स्तरीय सिनियर चित्रकला तर्फ दीप बोर्डिङ हाई स्कूलकै कृष राना प्रथम भएका थिए ।

चित्रकला प्रथम हुन सफल विद्यार्थीलाई दीप बोर्डिङ हाई स्कूलकी चित्रकला प्रशिक्षक सुमित्रा रानाले प्रशिक्षण दिएकी थिइन् । आफूले प्रशिक्षण गरेको विद्यार्थीले राष्ट्रिय स्तरमै प्रथम स्थान हासिल गरेकोमा खुसी व्यक्त गर्दैै प्रशिक्षक रानाले चित्रकला प्रशिक्षणको क्षेत्रमा थप हौसला र जिम्मेवारी बढेको बताइन् ।

नेपाल बाल सङ्गठन केन्द्रीय समिति अध्यक्ष विद्या उपाध्याय न्यौपानेको अध्यक्षता, राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो भने प्रतियोगितामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुष्मा राज भण्डारी, प्राज्ञ गणेशकुमार जिसी र बाल शिक्षा विशेषज्ञ पूजा उपाध्यायले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।