ताजा अपडेट »

असोज १ देखि विद्यालय खुल्ने

बुधबार, ३० भदौ २०७८, १२ : ३८
8 Shares

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण  बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । 

नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको  मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । 

काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।