ताजा अपडेट »

कक्षा १२ को परीक्षा आजदेखि

बुधबार, ३० भदौ २०७८, ०७ : ४१
6 Shares

बुटवल । लामो समयदेखि रोकिएको कक्षा १२को परिक्षा आजदेखि सुरू हुँदैछ। महामारीका कारण करिब चार महिना पछि धकेलिएको यो परीक्षा भौतिक रूपमै हुनेछ।पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।

परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी छन्। परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन्।

गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो। तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो।परीक्षा बोर्ड (कक्षा ११ र १२ हेर्ने)परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अधिकांश विद्यार्थीले खोप लगाइसकेको र  संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन भएको हो।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।