ताजा अपडेट »

रुपन्देहीमा ८ महिने शिशुको हत्या आरोपमा आमा-बुबा पक्राउ

आइतबार, २७ भदौ २०७८, १४ : ५९
12 Shares

बुटवल । रुपन्देहीमा ८ महिने शिशुको हत्या गरेको आरोपमा आमा-बाबु पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गयराति आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहाको मृत अवस्थामा भेटिएका थियो ।

शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थिए । शिशुको हत्या भएकोे आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घरमा शिशुका बाबु-आमा बाहेक अरु कोही पनि नरहेकोले उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मृतक शिशुलाई पोष्टमार्टनका लागि पठाइएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।