ताजा अपडेट »

नेपालमा थप १ हजार ६४० जनामा संक्रमण, १० को मृत्यु

बुधबार, २३ भदौ २०७८, १७ : २०
6 Shares

बुटवल । नेपालमा थप १ हजार ६४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ९ हजार ७६७ र एन्टिजेन विधिबाट ३ हजार ६८८ जनामा परिक्षण गर्दा १ हजार ६४० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७३ हजार ५२९ र एन्टिजेनबाट ८६ हजार ६ जना पुगेको छ ।

यस्तै, नेपालमा थप २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।