ताजा अपडेट »

प्रदेश-१ मा थप ३९९ जनामा कोरोना संक्रमण

मंगलबार, २२ भदौ २०७८, २१ : ०२
6 Shares

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २१ को पीसीआर परीक्षण गर्दा २६६ र ७१८ को एन्टिजेन परीक्षण गर्दा १३३ मा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा छ, इलाममा तीन तथा पाँचथर, उदयपुर र सङ्खुवासभामा एकएक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९८ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।