ताजा अपडेट »

पूँजीपतिसँग हात थापेर चुनाव लड्ने प्रणाली हट्नु पर्छ : प्रचण्ड

मंगलबार, २२ भदौ २०७८, ०९ : २६
8 Shares

गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको निर्वाचन प्रणाली विरुद्ध संघर्ष गर्नु पर्नेमा जोड दिएका छन् । उनले भर्चूअल माध्यमद्वारा नेकपा माओवादी केन्द्र गुल्मीको पहिलो बैठकलाई सम्वोधन गर्दै अहिलेको निर्वाचन प्राणालीले दलाल पूँजीपतिले मात्रै पैसा खर्च गरेर चुनाव लड्ने भएकोले अव पुर्ण समानुपातिक निर्वाचनका लागि माओवादीले संघर्ष गर्नु पर्ने बेला आएको बताए ।

‘अहिलेको निर्वाचन प्रणालीले गरिब र पछाडि परेको समुदाय चुनाव लडेर आउन सक्दैन, टन्न पैसा खर्च गर्नु पर्छ , त्यसका लागि दलाल–पूँजीपतिहरुसँग हात थापेर चुनाव लड्नु पर्छ , यसरी पनि मुलक र जनताको समृद्धि हुन्छ ? उनले कार्यकर्ताहरुसँग प्रतिपश्न गरे ।’ अहिले भर्खरै त म भन्दिन् , तर अहिलेको निर्वाचन प्रणाली बिरुद्ध सडक संघर्षमा उत्रिनुपर्ने बेला आउँदा तपाईहरु तयार हुनुहुन्छ ? उनले कार्यकर्ताहरुसंग सोध्दै भने अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली कै कुरा उठाउनु पर्छ । ’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तराष्ट्रिय शक्ति केन्द्रका सामु घुँडा टेकेर गोटी बनेको आरोप लगाउँदै एमालेमा गएका बादल र टोपबहादुर रायमाझी लगायतका नेताहरुलाई लक्षित गर्दै भने–‘ हिजो जनयुद्ध लेडेका , माओवादी बाटै धेरै पटक मन्त्री , र उपप्रधानमन्त्री समेत भई सकेका साथीहरुमा नराम्रो संग विचलित भए र प्रतिगामीका पछाडि लागे । अध्यक्ष दाहालले माओवादीको संस्कार र ब्यवहार अरु पार्टीका नेता कार्यकर्ता जस्तो भए माओवादी हुनुको कुनै अर्थ नरहेको बताए । जनताको साथमा जान , हिजो माओवादीलाई यहाँ सम्म पुराएका शहिद , अपाङ्ग र सर्वहारा वर्गको सेवामा जुट्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार