९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारले कोरोना भाइरसका कारण प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयअनुसार कोरोनाको सङ्क्रमणको कारण बन्दाबन्दी तथा निषेधको आदेश जारी भई साबिकमा सञ्चालित खरिदसम्बन्धी ठेक्का सम्झौताको म्याद थप भएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।

Advertisement

बन्दाबन्दी वा निषेधको आदेशका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था छ । आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरकारलाई थप दायित्व नपर्ने गरी खरिद सम्झौताको म्याद चैत मसान्तसम्म थप गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

म्याद थप गर्नुपर्ने सम्झौताको निर्णय एक महिनाभित्र गरी सोको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय र आयोगको सचिव वा विशिष्ट श्रेणीको पदाधिकारीलाई दिनुपर्नेछ । सचिव वा विशिष्ट श्रेणीका पदाधिकारीले उपयुक्त निर्णय गरे नगरेको, सम्झौताको म्याद थप भएपछि काम सम्पन्न भए÷नभएका विषयमा मिहीन तरिकाले हेर्नुपर्नेछ ।

यस्तै खरिद सम्झौताको सन्दर्भमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिमको कारबाही समयमै गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्नुपर्नेछ । त्यसको प्रतिवेदन मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ। रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानिय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?: ओली विवादका बीच जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग बिवाह अर्घाखाँचीको झाडापखाला नियन्त्रण उन्मूख, पानी परीक्षणका लागि स्वास्थ्यकर्मी खयरभट्टीमा