ताजा अपडेट »

नेपालमा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु

सोमबार, २१ भदौ २०७८, १७ : १५
2 Shares

बुटवल । नेपालमा थप १ हजार ८९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा १ हजार ८९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७० हजार ७५९ र एन्टिजेनबाट ८५ हजार ४५९ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७४३ जना निको भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।