ताजा अपडेट »

पहिरोमा परेर १० वर्षीय बालकको मृत्यु

सोमबार, २१ भदौ २०७८, १५ : १७
2 Shares

जाजरकोट । गए रातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोमा परेर एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः ०० बजे पहिरोसहित आएको ढुङ्गाले ४६ वर्षीय गोरखबहादुर खड्का र उनकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते भएकी छन् । उनका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।