ताजा अपडेट »

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

सोमबार, २१ भदौ २०७८, ०९ : ५६
4 Shares

बुटवल। रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।रोल्पा नगरपालिका-१० वडा कार्यालय नजिकै बाम्ला पहिरोले पूर्ण बहादुर थापाको घर पुरिँदा उनकी श्रीमती ७० वर्षीया गौरी थापा र ५ वर्षीय बालकको मृत्यु भएको छ । मृतक बालकको नाम खुलेको छैन ।

मृतक हजुरआमा र नाती रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।  पहिरोमा पुरिएर अरु दुई जना घाइते भएका छन् । घाइते हुने बाबु छोरी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।