ताजा अपडेट »

पैदल हिँड्नुहोस् मिल्छ नसोचेको स्वास्थ्य लाभ

सोमबार, २१ भदौ २०७८, ०७ : ०७
2 Shares

जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्नु हुन्छ । आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन् ।शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् । वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि धेरै पार्कहरू बनाईएका छन् ।

यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

१. तौल कम गर्दछ ।
२. फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।
३.प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।
४. चाडै बुढो हुनबाट बचाउँदछ।
५. क्यान्सर रोकथाममा मद्दत गर्दछ ।
६.मधुमेहलाई नियन्त्रण गर्दछ ।
७. मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।
८. खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।
९. रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।
१०. मानसिक ताजगी महसुस गराउँदछ ।
११. दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ।
१२. मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।
१३. तनाव कम गर्दछ।
१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ।
१५.भेरीकोज भेन हुन दिँदैन ।
१६. विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।
१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।
१९. जोर्नीहरूलाई जाम हुन दिँदैन।
२०. उर्जावान बनाउँदछ ।
२१. दीर्घजीवी बनाउँदछ।
२२.रचनात्मक बनाउँदछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।