६ माघ २०७८, बिहीबार

Jan 20, 2022

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१ मध्ये विराटनगरमा ४८, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा चार/चार, तेह्रथुममा तीन, उदयपुर र सङ्खुवासभामा दुई/दुई, पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेशबाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस कोरोना संक्रमणको ग्राफ बढ्दो, स्वास्थ्य मापदण्डको छैन पालना सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित समाजवादी स्वरोजगार टोम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बाग बहादुर बुढा दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यंग्य वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते