ताजा अपडेट »

पश्चगामीहरूको छेरूवा दाउ !

आइतबार, २० भदौ २०७८, १६ : ५१
10 Shares

खेलका नियम मिचेर गौडा कुरेर मार हान्ने अवस्था हो यो शकुनि दाउ । गाउँघरमा गोरू जुधाउने चलन हुन्छ । अखाडामा आम्नेसाम्ने जुद्धा हारेर लततत छेरेका हरूवा गोरूले झुक्क्याएर पछाडिबाट घ्वाच्च हानेकोलाई हरूवा गोरूको छेरूवा दाउ भनिन्छ । विधिविधानको सीमा नाघ्ने, गर्नेनगर्ने कुरालाई शष्लेषण गरेर सटीक वाक्यमा बुझाउने काम यस भनाईले गर्दै आएको छ ।

यतिवेला नेपालको अर्थतन्त्र र जनस्वास्थमा कोरोना माहामारीको लामो दौर जारी नै छ । त्यस अघि भूकम्प अनि नाकाबन्दीको सामना गरेको थियो देशले । यो माहामारी सुरू हुँदा देशमा कम्युनिस्ट पार्टीको दुइतिहाइ लगभगको सरकार थियो । देशमा भइरहने अस्थिरतालाई स्थिरतामा बदल्न र समृद्धिमा अघि बढाउने नागरिक चाहना थियो । त्यही जनआकांक्षा साकार बनाउन दुइखेमाका कम्युनिस्ट घटक निर्वाचनमा सहकार्य गरे, लगत्तै पार्टी एकता गरी जनविस्वासका साथै सरकार चलाउने बलियो मतादेश पाए । पाँच वर्ष सरकार चलाउन सबै कुरा मिले, अब अस्थिरता पाखा लाग्यो भनेको त नेकपा भित्रै कुटील खिचडी पाकिरहेको बाहिरै खुल्यो । जनमत त्यसको बिरूद्ध थियो । फेरि एउटैले पाँच वर्ष सरकार चलाउने लिखत गरेको कुरा बाहिरियो ।

चुनावमा पहिलो जितारू एमाले थियो । उसित हार्नेहरू सर्वप्रथम नेपाली काँग्रेस, दोश्रो नेकपा माओवादी तेश्रो मधेशवादी पार्टीहरू थिए । प्रतिपक्ष नेपाली काँग्रेस सरकार ढाल्ने पक्षमा देखिंदैनथ्यो । लोकतन्त्रमा हारजित भइरहन्छ । सत्तापक्षलाई निर्वाचनमा पराजित गरेर प्रतिपक्ष सरकारमा आउँछ । यो स्वभाविक खेलको नियम हो । कसलाई सरकार चलाउन जिम्मा दिने त्यसका निर्णयकर्ता निर्वाचनको माध्यमबाट मतदाताले गर्नु पर्छ । सार्वभौम जनता यसै अर्थमा भनिएको हो ।

यो विधि लोकतान्त्रिक पार्टीहरू संचालनमा पनि लागू हुन्छ । संविधानले तोकेको समय भित्र आफ्नो सर्बोच्च सम्म्मेलन वा माहाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विधानबाट त्यो पार्टी निर्देशित हुन्छ । पराजीत पदाधिकारीहरूले पार्टीले तोकेको काम गर्नु पर्दछ । केन्द्रीय कमिटीले योग्यता र आवस्यकता अनुसार काममा जिम्मेवारी दिनु पर्दछ ।

हेर्दा एकदम बलिया के पी ओलीको सरकार ढल्न तीनवर्ष तीन महिना लाग्यो । कसरी यतिन्जेल सरकार टिकीराख्यो । खोजिनु पर्ने विषय यो हो । संविधानले दुइवर्ष अविस्वासको प्रस्ताव विधिवत राख्न रोकेको भएर मात्रै संसदमा कसैले राखेनन । त्यस लगत्तै अबिस्वासको चाहना उद्घोष भयो । ओली सरकार बिरूद्ध अविस्वासको लागि हस्ताक्षर संकलन थालियो । प्रतिपक्षबाट होइन सरकार भित्रका सरकार संचालक शीर्ष नेताहरूबाट थालियो । २०७७ पुसमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री प्रस्ताव गरियो । सभामुख अग्नीप्रसाद सापकोटाले दरपीठ गरे संसद सचिवालयमा बुझाउन ढिलो भएको थियो। त्यही दिन अविस्वासको प्रस्ताव दर्ता हुनु अघि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको अप्रिय निर्णय गरे । प्राकृतिक मुचुल्काले देखाएको दृश्य यही हो । पुस ५ को गरेगराएको कर्म यही हो । कारण के थियो रु कसले के खेल खेले र सरकार ढल्यो र पार्टी विभाजनमा पुग्यो ?

नेकपा बन्नु अघि, एमालेको नवौ माहाधिवेशन भन्दा उता जान सकिने लामो लहरो अहिले नतानौं । राजीनामा दिएर आठौं माहाधिवेशनमा अप्रतिष्पर्धी रहेका माधव नेपाल नवौं माहाधिवेशनमा के पी ओलीसंग प्रतिष्पर्धा गर्न तयार हुनुभयो । उहाँ असल अभिभावक र राष्ट्रपतिको लायक मर्यादामा हुनुहुन्थ्यो त्यतिवेला । उहालाई जबज बिरोधीहरूले उचालेर उठाएको बुझिन्थ्यो । उहालाई उचालेर पछार्ने भए भन्ने मेरो पनि बिश्लेषण थियो । केपी ओलीको पक्षमा जनमत उर्लेको जानकारी गराएको थिएँ । मैले त भेटेरै तपाईं जित्नुहुन्न यसपटक भनेको पनि थिएँ । वहाका प्रचारक सोमप्रसाद पान्डे र लालबाबु पन्डीतलाई पनि भनेको थिएँ ।

पार्टी अध्यक्ष झलनाथ खनाल र माधव नेपालले पार्टी भित्र प्यानल लड्ने तरिकाबाट जित्न बनाएको घातक फूटपरस्त योजनाका बावजूद के पी ओली अध्यक्षमा बिजयी हुनु वहालाई अनपेक्षित र असैहय्य इगो बन्यो । प्यानल (विचार समुह) निरन्तर कृयाशील रहिरह्यो । विधिवत गएर दशौं माहाधिवेशनबाट पनि आफू र प्यानलले बहुमत ल्याउने भरपर्दो आधार देख्नुभएन । राजनीतिका कुटील खेलाडिको साथ मिल्दा पनि आफ्नो प्यानल माहाधिवेशनमा हार्ने आंकलनका साथ माधव नेपालले दुई अध्यक्षको चोचोमोचो मान्दिन भन्ने उद्घोष गरेपछि प्रचन्डसँग लगनगाँठो कँस्नुभयो, केपी ओली कम्युनिस्ट हान्दोलन र एमाले सिद्ध्याउने ।

यसरी वहाँ आफ्नै सरकार र पार्टी बिरूद्ध अन्तरघाती हस्ताक्षरको नेतृत्व गर्दै दलदर्तामा पुग्नुभयो । एमालेमै रहेर आफ्नो विचार समुहको जितको लागि संघर्ष गर्ने पक्षका सहयात्रीलाई दशबूँदे मानेझै गरेर पार्टी विभाजित गरिछाड्न माधव नेपाल कृतसंकल्पित रहेको वहाहरूविचकै जुहारीले पत्र पत्र खुलाउदै गइरहेकोछ ।

माधव नेपाल नेताकम व्यवस्थापक बढी प्रकृतिको मानिस हो । आउने दिन सजिला छैनन वहाका । वहाँ मातहतमा बस्न नसक्ने नेताहुनै नसक्ने अवस्था देउवा र प्रचन्डले नबनाउने केही ग्यारेन्टी छैन । झटारो फल झार्दासम्मलाई उपयोगी हुन्छ । त्यही एमालेले बरू शरण दिन सक्थ्यो भविष्यमा केशरमणिलाई जस्तै । जबज बिरोधी अर्ग्यानिक नेताको बोझ थाम्न पनि वहाले लामो समय पापड बेल्नु पर्छ नेकपा समाजवादीमा ।

बलियो सरकार हाँक्ने नेकपाको सचिवालयको गठन र त्यसको मनोबनोट स्मरणर गर्ने होभने : महाधिवेशनमा हारेका माधव कुमार नेपाल, संसदीय दलमा पारजित झलनाथ खनाल, बर्दियामा हारेका वामदेव गौतम, गोरखामा हारेका नारायणकाजी श्रेष्ठ, आफ्नो पार्टी तेश्रोहुँदा भाउन्न भएका महत्वाकांक्षी पुष्पकमल दाहालहरूको बहुमतले गरेको अन्तर कलह, दाउपेच, शत्रुतापूर्ण आरोप कहिकतै अग्रगमन थिएन ।

त्यो सचिवालयका बहुमत हरूवाहरूको वदनियत असक्षमता र आत्मघात थियो , जो पार्टी ध्वस्त पार्ने साथै प्रतिनिधिसभा विघटनको कारण पनि बनेको थियो । देशमा प्रतिगमनको प्रस्थान त्यहींबाट सुरूभएको थियो । त्यसले प्रतिपक्षमा मतदान गर्यो र एमाले विभाजन गरायो । चर्को आवाजमा संविधान बँचायौ र प्रतिनिधिसभा बचायौ र गणतन्त्र बँचायौं भन्ने कुतर्कले चोख्यान घस्ने मात्रै हो चोखिन सक्दैनन् ती सकल पात्रहरू ।

संसद विघटन भएबाहेक पाँच वर्ष चल्ने आधार प्रधानमन्त्रीले लिए, व्यख्या फरक ढंगको आयो । यसलाई बुर्कुसी मार्दै संविधान च्याते, प्रतिगमनकारी भए भन्ने कुरा कुतर्कको बजारू खपत मात्र हो । मतदाताले किनारा लगाएका, पाँच वर्ष परीक्षामा पास होउ भनेकाहरू संसद छलेर परमादेशको प्वालबाट छिरेर उत्पात मच्चाउनु पो त प्रतिगमन हो ।

यस्तो पश्चगमन कसरी अग्रगमन हुन्छ रु बिगार्ने भत्काउने उद्द्श्यले सरकारमा आएकाहरूको गैरजिम्मेवारी सुरू भएको छ । हरेक क्षेत्रमा अस्थिरता बढाउने काम स्वयम् सरकारले गरिरहेको छ । नागरिकको सुरक्षा खस्कँदैछ । कर्तब्यबाट भएको हत्याका बिरूद्ध चुँसम्म गर्न नसक्ने हुतिहारा दृश्य सतहमा छ । अनेक ढंगले सामाजिक द्वन्द स्रिजना गर्नमा गठबन्धनका मतियारहरू लागीपरेकाछन । द्वेधमान्यता देशचलाउने धारणा बारबार आइरहेकाछन् ।

जनादेशमा जान त्रसित भष्मासुरहरू चुनावसमेत पछि सारेर अस्थिरतालाई लम्ब्याउन घात गर्ने कुत्सित चाल चल्ने छेरूवा दाउका संकेतहरू एकपछि अर्को आइरहेकाछन । घिमिरेको फेसबुकबाट साभार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।