ताजा अपडेट »

सिद्धार्थ शुक्लाकी प्रशंसक कोमामा, उनको मृत्युले विक्षिप्त

आइतबार, २० भदौ २०७८, १५ : २६
6 Shares

काठमाडौँ । टिभीका चर्चित अभिनेता, बिग बस १३ का बिजेता सिद्धार्थ शुक्लाको निधनले उनका प्रशंसकलाई गहिरो आघातमा पारिदिएको छ । एकातिर सिद्धार्थ शुक्लाको परिवार र शहनाज गिल बेहोसीको अवस्थामा छन् भने सिद्धार्थकी एक प्रशंसकको अवस्था त्यस्तै नाजुक छ । नायकको मृत्युको खबर ती प्रशंसकले सहन सकिनन् तसर्थ अहिले उनी कोमामा छिन् ।

एक व्यक्तिले अस्पतालबाट प्रशंसकको तस्बिर सेयर गरेर यसबारे जानकारी दिएका छन् । यस्तै कविता कौशिकले पनि प्रशंसकको स्थितिमा दुःख जनाएकी छन् । उनले आफ्नो ख्याल राख्न अपिल गरेकी छिन् ।

व्यक्तिले सेयर गरे अस्पतालबाट फोटो
डा।जयेश ठाकेर नामका व्यक्तिले फोटो सेयर गरेर लेखे, ‘चाँडै निको होऊ । डाक्टरले उनी आंशिक कोमामा भएको बताएका छन् । अत्यधिक तनावका कारण उनका आँखाका नानी र शरीरका अंगले काम गरिरहेका छैनन् । सबै प्रशंसक र समर्थकलाई शान्त रहन सल्लाह दिन्छु । धेरै नसोच्नुहोस् र आफ्नो दिमागलाई अन्य कुरामा भुलाउनुहोस् । मलाई थाहा छ, यो सहज छैन तर तपाईंहरुले सिद्धार्थलाई जान दिनुपर्छ । प्रार्थना ।’

कविता कौशिकको अपिल
फोटोमा युवती अस्पतालको बेडमा सुतिरहेको देख्न सकिन्छ । यो तस्बिर भाइरल भएपछि कविता कौशिकले लेखिन्, ‘आइसीयुमा एक प्रशंसकको फोटो देखेँ जो कोमामा छिन् । सिद्धार्थ र शहनाजका प्रशंसक कृपया आफ्नो ख्याल राख्नुहोस् । तपाईंहरु आफ्ना अभिभावक र परिवारबारे पनि सोच्नुहोस् भनेर अपिल गर्न चाहन्छु । सिद्धार्थ यो कुराले कहिल्यै खुसी हुने छैनन् । उनलाई इज्जत दिनका लागि कृपया बलियो हुनुहोस् र अघि बढ्नका लागि एक–अर्कालाई मद्दत गर्नुहोस् ।’-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।