ताजा अपडेट »

वैदेशिक रोजगारीका परिणाम

आइतबार, २० भदौ २०७८, १९ : ५५
349 Shares
आइतबार, २० भदौ २०७८
349 Shares

रोजगारीका लागि बिदेशिने नेपालीको संख्या कहाली लाग्दो गतिमा दिनदिनै बढ्दो छ । १६ देखि ३० वर्ष उमेरका युवा गाउँमा बिरलै भेन्छिन् । जसको प्रमुख कारण वैदेशिक रोजगारी हो भने वैदेशिक रोजगारीका लागी बाध्य बनाउने तत्व देशको राजनैतिक स्थिरता, बढ्दो महङगी, भष्टाचार गरिबी, असमानता, बेरोजगारी हो । न्यून आय भएका वा मध्यमवर्गीय परिवारका युवा प्रायः वैदेशिक रोजगारीमा छन् । यहाँ रहेका पनि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका छन् । जसका लागि जिम्मेवार तत्व देशको शिक्षा प्रणाली तथा देशमा रहेका औठाछाँप नेताहरु हुन् । वैदेशिक रोजगारीका कारण गाउँका बस्तीमा आमा बाबा बिरामी हुदा औषधि दिने तथा विवाहमा जन्ती जाने र मृत्युमा शवयात्रामा जाने युवाको समस्या आजका दिनमा देखिएको छ ।

नेपालीहरु विश्व बजारमा गरिब तथा बेरोजगारका रुपमा परिचित छन् भन्नु गलत छैन । गाउँका हुनेखानेका सन्तान देशका प्रमुख शहरमा अध्ययनमा र रोजगारीमा पठाइन्छन । बाँकी युवाको गन्तव्य साउदी, कतार, मलेसिया, दुबई, बहराईन लगायतका मुलुुकका श्रमबजार जान बाध्य छन् । पछिल्लो तथ्या∙का अनुुसार भारत बाहेक अन्य देशमा प्रतिमहिना एक लाख चार हजार छ सय, प्रतिदिन एक हजार छ सय युवा–युवती वैदेशिक रोजगारीका लागी जाने गर्दछन् भने प्रतिदिन पाचँ जनाको दरले मृत्युवरण गरी नेपाल फर्किएका छन । यस्तो विकराल अवस्था कोरोना कहरको समयमा पनि रोकिएको छैन ।

वैदेशिक रोजगारीले नेपालको कुल ग्राहस्र्थ उत्पादनको २९.२ प्रतिशत हिस्सा ओगटेको छ । अबका दिनमा देशमा कुनै कारणले एक हप्ता मात्र विप्रेषण आय आउने प्रक्रियामा अबरोध उत्पन्न भएमा हाम्रो अर्थव्यबस्था टाट पल्टिनेमा कुनै विवाद छैन् । २०७७ फाल्गुन सम्म नेपालबाट श्रम स्वीकृती लिनेहरुको संख्यामा उल्लेख्य परिवर्तन भएको छ जसमा ४४ लाख ६६ हजार ९ सय ७३ पुगेको छ । यसमा पुरुषको संख्या ४२ लाख ४८ हजार ५ सय ४७ छ भने महिलाको संख्या २ लाख १८ हजार ४२६ रहेको छ । विश्व मानव समुदाय कोरोना कहरबाट बच्ने संघर्ष गरिरहेको परिस्थितीमा पनि नेपालीहरुले गरिबी, अभाव तथा बेरोजगारीसँग संघर्ष गरेको कुरालाई उक्त तथ्यले प्रमाणित गरेको छ । हाम्रो आर्थिक अवस्था यस्तो दयनिय हँुदा पनि हाम्रा शासकहरुलाई कुनै पछुतो छैन।

हाम्रो समाजमा, सरकारी नीति र सञ्चारमा वैदेशिक रोजगारीमा पलायन हुने नेपाली र उनीहरुले पठाउने गरेका विप्रेषणका बारेमा मात्र तारे होटलका आरामदायी कक्षमा बसी छलफल गरिने तर, काठको बाकसमा खाँदिएर आउने नेपालीका बारेमा किन बेवास्ता गरिन्छ ? पछिल्लो समय अफगानिस्तानमा घटेको घटनाले पनि नेपालीहरु विश्वका जोखिम उक्त देशमा मानव ढालका रुपमा प्रयोग गरिन्छ भन्ने उदाहरण हो।देशले स्वदेशमा रोजगारी दिन पनि नसक्ने वैदेशिक रोजगारीलाई पनि सुरक्षित बनाउन सक्दैन भने किन ? ती देशसँग श्रम सम्झौता गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भनेर पठाइएका राजदूत के गरेर बस्दछन् खै उनिहरुको प्रभावकारी योगदान ?

नेपालीहरु वर्तमान समयमा तिव्र गतिमा वैदेशिक रोजगारी गएका छन् । तर यसले नेपालमा कस्तो परिणाम सिर्जना गरेको छ भनेर विचार गरिएको छैन् । नेपालको वैदेशिक रोजगारीको सुरुवात सन् १८४० भन्दा अगाडिबाट भएको बिभिन्न ऐतिहासीक दस्ताबेजहरुले प्रष्ट पारेका छन् । यसबिचमा वैदेशिक रोजगारीबाट नेपालको आर्थिक सामाजिक, सांस्कृतिक, धार्मिक, कला भाषामा सकारात्मक तथा नकारात्मक प्रभाव परेका छन् । आज देशको अर्थतन्त्रको मुख्य खम्बा बनेको वैदेशिक रोजगारीले ल्याएको परिणामका बारेमा कम मात्रामा चर्चा गरिन्छ किन होला ?

वैदेशिक रोजगारीले नेपालको सामाजिक, आर्थिक पूर्वाधार विकास गर्नमा प्रत्यक्ष रुपमा असर पुराएकोछ तर नेपालको शासन सता हातमा लिएर बसेका हाम्रा नेताले बुझेका छन् वा नेपाली वैदेशिक रोजगारी पठाएर विदेशीहरुसँग कमिशन लिएका छन् बुझ्न कठिन छ । नेपालीहरु वैदेशिक रोजगारीमा जाने क्रम युद्धकालमा भन्दा वृहत शान्ति प्रक्रिया पछि तिव्र गतिमा बढेको छ । नेपाली जनताले प्रधानमन्त्रीको नाम सुन्न नपाउँदै उसलाई कसरी ढलाउने भनेर योजना बनाउने हाम्रा परजिवी नेताको कारणले देशको विकास भएन । जसको प्रत्यक्ष असर मध्यवर्गीय तथा गरिब वर्गका आम युवालाई परेको छ । हाम्रा यी नेताले समयमै वैदेशिक रोजगारीलाई समाधान गर्न नसकेमा के होला भनेर सोच्न सम्म सकेका छैन भन्ने कुरा घाम जतिकै प्रष्ट छ ।

नेपालीहरुलाई अझ बढी परनिर्भरता तिर धकेल्ने वैदेशिक रोजगारीलाई समयमै बुझेर यसका बारेमा स्पष्ट नीति तथा कार्यक्रम पहिचान गरी कार्यान्वयन नगरिएमा यसले नेपालीहरुलाई विकराल अवस्थामा पुर्याउने छ । जसको प्रभाव नेपालको जनसांख्यिकी संरचनामा, आर्थिक पूर्वाधार विकासमा, सामाजिक जीवनस्तरमा, धर्मकर्म, कला संस्कृतीमा, शैक्षिक प्रणालीमा, लैङगिक अनुशासनमा लगाएतको क्षेत्रमा पर्दछ ।

यसैबीच नेपाली युवाहरु वैदैशिक रोजगारीमा जान खोज्नु र जानरका कारणहरु देहायअनुसार छन्ः देशको राजनैतिक अस्थिरता, बढदो महङगी, बेरोजगारी, आर्कषक तलब सुबिधा, प्रणलीगत कार्यपद्दती, बढदो सामाजिक असुरक्षा, सरकारी क्षेत्रमा हुने नातावाद क्रृपावाद, कम्मजोर सरकारी निकाय, भष्टाचारी, विकासका पूवाधारको अभाव, औद्योगीकरणको अभाव, यवा लक्षित राष्ट्रिय कार्यक्रमका अभाव, व्यवसायीक तालिम केन्द्रको अभाव, शैक्षिक प्रणाली, राजनैतिक नियुक्ति इत्यादी । यी विविध कारणहरुले गर्दा आज दैनिक एक हजार छ सयका दरले नेपाली युवा विदेशीएका छन जसको प्रत्यक्ष फाइदा मेनपावर व्यवसायी तथा हवाई यातायात सञ्चालक कम्पनीहरुलाई भएको र अरुका लागि अल्पकालमा आंशिक लाभ भएता पनि दीर्घकालमा पूर्ण रुपमा घाटा रहेको छ ।

विश्वका थुप्रै देशहरुले आफ्नो देशको जनशत्तीको प्रयोगबाट आर्थिक वृद्धि र विकास गरी आफ्ना जनताका कैयौ विलाशीता आवश्यकता पूरा गरिसकेर आफ्नो विकासका लागी बाहय देशबाट श्रमशक्ति मगाएर काम गराई रहेका छन तर नेपालमा नेताले आफ्ना विलाशीताका आवश्यकता पुरा गर्न विदेशी प्रभुको सहयोग मागी स्वदेशी सरकार बनाउँछन अनी जनतालाई विदेशीको गुलामी गर्न विदेश पठाउँछन अनि कसरी बन्छ देश विकसित ? पछिल्लो समयमा नेपालीहरु वैदेशिक रोजगारीमा जानका लागी बाध्य पारेको अर्को तत्व हो विनाशकारी भूकम्प २०७२ र यसले सिर्जना गरेको थप १० लाख गरिबी जनसंख्या ।

आज विश्वका ११० देशहरुमा नेपालीहरुले संस्थागत रुपमा पसिना बगाउँदा घरमा केहिका श्रीमतीहरुले अर्कैसँग जवानी बिताएका छन् र यो नै अहिलेको समयको वैदेशिक रोजगारीको नकारात्मक परिणाम हो । विदेशमा श्रम गरी पठाएको पैसामा गाउँमा अर्कै युवाले दुरुपयोग गरीदिनु र घरमा आउँदा न त पैसा न त श्रीमती हुनु वैदेशीक वैदेशिक रोजगारीको परिणाम हो त्यसैगरी वैदेशिक रोजगारीबाट नेपालले भोग्नु परेका परिणामहरुमाः शहरीया जनसंख्यामा वृद्दि हुनु , सामाजिक सम्बन्धमा पैसाको प्रभाव बढ्नु , लैङगिक हिंसामा वृद्धि हुनु ,पहाडमा निष्क्रिय जनसंख्याको अनुपात वृद्धि हुनु, देशको आर्थिक सामाजिक पूर्वाधार विकासमा ढिलाई , लैंगिक अनुपातमा समस्या , कला संस्कृतिको लोप घरेलु श्रमिकको कमी इत्यादी ।

वैदेशिक रोजगारीबाट सिजृत समस्यालाई समयमै समाधान गर्नलाई युवाहरुले विदेशमा कमाई पठाएको धनलाई पूँजी उत्पादनका क्षेत्रमा गर्नु आवश्यक छ। तर, हामीकहाँ दैनिक कार्य सञ्चालनमा अत्यधिक भएको पाइन्छ जुन कुराले गर्दा नै नेपालीहरु तिव्र गतिमा विदेशीनु परेको हो । विशेष गरी वैदेशिक रोजगारीको प्रभाव पहाडी जिल्लामा परेको कुरालाई पछिल्लो जनगणनाले पनि प्रमाणित गरेको छ । आज पहाडका थुपै्र बस्तीहरुमा बाबा–आमा बिरामी हुँदा, गर्भवती महिलालाई अस्पताल समयमै पुराउन नसक्दा बाटोमै देह त्याग्न बाध्य छन् ।

कैयौँ युवाका विवाहमा जन्ती जाने युवा छैन, अधिकांश बस्तीहरुमा खेती लगाउन आवश्यक श्रमिक नभएर जमिन बाँझो छ । भने देशले आधारभूत खाद्यान्न पनि विदेशबाट आयात गर्छ । यसरी विदेशमा कमाएको पैसा पुनःउतै फिर्ता गर्न बाध्य छ जसले नेपालीहरुलाई अझ बढी परनिर्भरतातर्फ धकेल्दै लग्नेमा दुई मत छैन । सरकार तथा आम नागरिक समाजबाट वैदेशिक रोजगारीले नेपालको विकास नभई तत्कालिन आवश्यकता मात्र पुरा हुने र दीर्घकालिन रुपमा देशको विकासका लागी घरेलु रोजगारीलाई प्रमुख प्राथमिकता दिनु पर्दछ । अन्यथा नेपालीहरुले अबका थुप्रै शताब्दी पनि अरुको नोकर भएर आफ्नो परिश्रम विदेशी मुलुको हितमा खर्चिनु पर्नेछ ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल