ताजा अपडेट »

कपिलबस्तुमा दुई मोटरसाइकल ठोक्किँदा अर्घाखाँचीका मानबाहदुरको मृत्यु

आइतबार, २० भदौ २०७८, १३ : ५६
4 Shares

बुटवल । कपिलबस्तुमा दुई वटा मोटरसाइक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गोरुसिङ्गेबाट बुटवल तर्फ आइरहेको लु ४३ प ८०१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको लु १९ प १७२० नम्बरको मोटसाइकल शनिबार साँझ वाणगंगा नगरपालिका–८, बोर्डगाँउमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा परी लु १९ प १७२० नम्बरका चालक अर्घाखाँचीको ढाकाबाङका २५ वर्षीय मानबहादुर जमालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

जमालको उपचारको क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार राती मृत्यु भएको हो । यस्तै अर्को मोटरसाइकलका चालक रुपन्देहीको सियारी गाउँपालिका–२ का ३५ वर्षीय राधेश्याम पासी घाइते भएको प्रहरीले जनाएको छ । उनको बुटवलको चौराहा हस्पिटलमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।