६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

मोटोपन घटाउन, खानाद्वारा शरीरभित्र लिइने क्यालोरी (शक्ति) भन्दा शारीरिक गतिविधिद्वारा खर्च हुने क्यालोरीको मात्रा बढी हुनु अनिवार्य छ। यसलाई ‘काम बढी, माम घटी’ को सिद्धान्त भने हुन्छ। मोटोपन घटाउनका लागि जप्नुपर्ने दुई मन्त्र हुन्, खानामा क्यालोरी नियन्त्रण र शारीरिक गतिविधिमा वृद्धि।

Advertisement

आवश्यक तौलको १० प्रतिशत बढी तौल भएमा

जसको तौल आवश्यकभन्दा १० प्रतिशतसम्म बढी छ, उनीहरुले खानामा क्यालोरीको हिसाब गरिराख्नुको सट्टा कुन खानेकुरा प्रशस्त खाने, कुन नियन्त्रित रुपमा खाने र कुन खाँदै नखानेलगायतमा ध्यान पुर्याए पुग्छ।

क) प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थ

१. हरियो तरकारी, सलाद (गाँजर, मुला, काँक्रो, टमाटर)
२. ताजा फलफूल (केरा, आँपबाहेक)
३. माछा

ख) नियन्त्रित रुपमा खान हुने खाद्यपदार्थ

१. दूध दैनिक २५० मिलि अर्थात् १.५ गिलाससम्म (चिया र कफीमा मिसाउने दूधसमेत हिसाबमा गन्ती गर्नुपर्ने हुन्छ)
२. बटर, घ्यु, तेल, क्रिम (दैनिक २ देखि ३ सानो चम्चा)
३. सुक्खा गहुँको रोटी (दैनिक ३–४ वटा मात्र)
४. पाउरोटी (ब्राउन ब्रेड भए राम्रो, दैनिक ३–४ पिस मात्र)
५. भात (दैनिक १ कचौरा)
६. दाल (दैनिक १ कचौरा)
७. आलु (दैनिक २ वटा, मझौला साइजसम्म)

ग) धेरै नै नियन्त्रित रुपले बार्नुपर्ने खाद्यपदार्थ

१. गुलियो बिस्कुट, केक आदि
२. आइसक्रिम
३. चिनी, चकलेट, मिठाइ, जाम
४. घ्यू, तेलमा तारेका खाद्यपदार्थ
५. रक्सी

आवश्यक तौलको २० प्रतिशतभन्दा बढी तौल भएमा

जसको तौल आवश्यक तौलभन्दा २० प्रतिशतभन्दा बढी छ, उनीहरुले तौल घटाउन खाद्यपदार्थमा कडा नियन्त्रण राख्नुपर्छ। तौल घटाउन साधारण शारीरिक कार्य गर्ने व्यक्तिले दैनिक १००० देखि १४०० क्यालोरीसम्म शक्ति दिने खाना लिनुपर्छ। यसलाई लो क्यालोरी डाइट भनिन्छ। तौल घटाउँदा प्रत्येक हप्ता बढीमा १ किलो मात्र घटाउने उद्देश्य राख्नुपर्छ। तौल घटाउन भोकै बस्नुपर्छ भन्ने धारणा गलत छ। खानाको मात्राभन्दा खानाको गुणको छनोट तौल घटाउनका लागि बढी महत्वपूर्ण छ। कम क्यालोरी प्रदान गर्ने कतिपय खाद्यपदार्थ, जस्तै, मुला, गाँजर, काँक्रो, बन्दागोभी, हरियो सागसब्जी, टमाटर आदि जति खाए पनि फरक पर्दैन। भोक लाग्दा यस्तै खाद्यपदार्थले भोक मेटाउन सकिन्छ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार