ताजा अपडेट »

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, २० भदौ २०७८, १० : ०९
8 Shares

दाङ । दाङको लमहीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । गएराति पौने १२ बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी मोटरसाईकल चालक अन्दाजी ४० बर्षिय शिबु गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । प्रहरीका अनुसार गिरीको लमही अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो । अहिले पोष्टमार्टमका लागि शबलाई अस्पतालमै राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।