ताजा अपडेट »

सवारी चलाउनेले ध्यान दिनुपर्ने कुरा

आइतबार, २० भदौ २०७८, ०७ : १८
10 Shares

कहिलेकाहिँ सवारी चालकले ध्यान नपुर्याउँदा वा लापरबाही गर्दा दुर्घटना हुनसक्छ ।यात्रामा निस्कदा सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा सवारीमा आएको समस्या कै कारण यात्रा खल्लो हुन सक्छ । यस्तोमा सवारी चलाउनुअघि के कुरामा ध्यान दिने जानि रहनुहोस् ।

– सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छ/छैन, परीक्षण गर्नुपर्छ ।
– इन्जिन स्टार्ट गरेपछि ५ मिनेट छाड्नु पर्दछ । यसले इन्जिनका सम्पूर्ण पार्टस्मा इन्जिन आयल पुगी इन्जिनको आयु बढाउन सघाउ पुग्दछ ।
– सवारी चलाउनु अघि सिट मिलेको छ/छैन, हेर्नुपर्छ । नमिलेको भए मिलाउनु पर्दछ ।
– लुकिङ ग्लास सफा गरी स्पष्ट देखिने गरी मिलाएर सिटबेल्ट बाँध्नु पर्दछ ।
– गाडी चलाउँदा सडकका ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिनुपर्छ ।
– पार्किङ वा गेटबाट बाहिर निकाल्दा अत्यन्त सावधान हुनु पर्दछ ।
– सवारी चलाउँदा अगाडि राम्रोसँग हेरेर दायाँ–बायाँको लुकिङ ग्लासमा ध्यान दिनुपर्छ ।
– मोडमा मोड्नु अघि त्यसको विपरीत दिशातिर केही च्यापिसकेपछि मात्र मोड्नुपर्छ ।
– मोड्दा पनि जतातिर मोड्ने हो, त्यतैको लुकिङ ग्लास हेरेर मात्र स्टेरिङ घुमाउनुपर्छ ।
– मोड्दा अन्य सवारीले ओभरटेक गर्दै छ भने दुर्घटना पनि हुन सक्छ, सावधान हुनु पर्दछ ।
– सडकमा सवारी चलाउँदा दुईवटा गाडीबीच निश्चित दूरी कायम राख्नुपर्छ ।
– अगाडिको सवारीको पछाडिको टायर देखिने गरी दूरी कायम गर्नु राम्रो हुन्छ ।
– गाडीको गति जति बढी छ दूरी पनि त्यति नै बढी गर्नु राम्रो हुन्छ ।
– सवारी रोक्दा वा पार्किङ गर्दा उकालोमा अगाडिको गेयर तथा ओरालोमा ब्याक गेयरमा राख्नु पर्दछ ।
– पार्किङ गर्दा आवश्यकता अनुसार ओत लाग्ने स्थानमा ह्यान्ड ब्रेक लगाएर राख्नु पर्दछ ।
– अन्य सवारीलाई साइड दिँदा साइड लाइट बाल्ने भन्दा हातको इशारा दिनु पर्दछ ।
– साइड दिँदा स्पिड कम गर्दै लुकिङ ग्लास हेरेर बायाँ साइड च्याप्न भुल्नु हुँदैन ।
– सवारी चलाएर रोक्दा एक्सिलेटर थिचेर घ्यारघ्यार गर्दा ब्याट्री चार्ज हुदैँन ।
– प्रत्येक तीन सेकेन्डमा रुम मिरर हेरे पछाडिको सवारीको गतिविधि थाहा पाउन सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।