६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

तिलोत्तमा । महिला उद्यमशीलता प्रवद्र्धन नेपालको आयोजना र तिलोत्तमा नगरपालिकाको व्यवस्थापनमा महिला उद्यमशीलता प्रवद्र्धन सम्बन्धी अन्तक्र्रिया र तीज मिलन कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा नगरपालिका संघका लुम्बिनी प्रदेश संयोजक एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले महिलाहरुलाई उद्यमशीलतातर्फ उन्मूख गराउन जोड दिए ।

Advertisement

उद्यमशिलतातर्फ उन्मूख गराउन नीति, योजना तथा कार्यक्रमहरु तय गरी आवश्यक बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए । तीजका बेला नेतृत्वमा रहेका महिलाहरुले गहनागुरिया प्रदर्शन गर्ने, पोसाकमा तडभडक देखाउने परम्परालाई त्याग्दै सादा जीवन उच्च विचारमा लम्कन अनुरोध समेत गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारु, कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले महिलाहरुलाई उद्यमशील नबनाई समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा हुन नसक्ने बताए । सबै पालिकाहरुले महिलाहरुलाई उद्यमशील बनाउन सक्दो प्रयोग गरि बजेटको समेत प्रबन्ध गरेको बताए ।

कार्यक्रममा अर्थका जानकार माधवकुमार पौडेलले उमहिला द्यमशीलता प्रवद्र्धन, त्यसको इतिहास, वर्तमान अवस्था र स्थानीय सरकारहरुले खेल्नु पर्ने भूमिका सन्दर्भमा प्रस्तुती राखेका थिए । संस्थागत अभिमुखीकरण, संस्थाका अध्यक्ष गोमादेवी आचार्यले र कार्यक्रमको सञ्चालन कोषाध्यक्ष विद्यालक्ष्मी गुरुङले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार