ताजा अपडेट »

अर्घाखाँचीमा हाईस दुर्घटना : एक जनाको मृत्युु, ५ घाइते

शनिबार, १९ भदौ २०७८, ०७ : २३
2 Shares


वुटवल ।अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हाे।

दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । चालक सहचालक सहित १३ जना यात्रु सवार रहेको वताईएकाे छ । गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएकाे इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप बिबरण आउन बाँकी रहेको छ । हाईस सडकवाट १ सय मिटर तल खसेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।