१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या बृद्धि भएको जानकारी दिए । उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए । “जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको सङ्ख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ ।” उनले भने, “यो सङ्ख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो ।”

Advertisement

उनले निकुञ्जमा ११ पोथी, छ भाले, लिङ्ग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिए । तीन सय छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो । गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो ।

“गणना अघि खटिने ३३ जना कर्मचारीलाई तालिमसमेत दिइएको थियो ।” प्रमुख संरक्षण अधिकृत पुनले भने, “गणनामा आर्थिक र प्राविधिक सहयोग जेडएसएल नामक संस्थाले ग¥यो ।” शुक्लाफाँटामा बाघका लागि आहार प्रजातिको सहज उपलब्धता हुनु, चोरी शिकारी नियन्त्रणलगायतका कारणले वृद्धि भएको हो ।

त्यसैगरी प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लक्ष्मीराज जोशीले चारैतिर मानव बस्ती र नेपाल–भारत सिमानासित समेत जोडिएकाले बाघ संरक्षणमा चुनौती रहेको बताए । सन् २०१० मा सरकारले मुलुकमा बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य लिएको बताउँदै उनले हाल २३५ को हाराहारीमा बाघ पुगिसकेको जानकारी दिए ।

विसं २०२६ मा शाही शिकार आरक्ष रहेको शुक्लाफाँटा २०७३ फागुनमा सरकारले राष्ट्रिय निकुञ्जका रुपमा विकास गरेको थियो । निकुञ्जमा गत आर्थिक वर्षमा चोरी शिकारी र वन पैदावारतर्फ गरी ४१ वटा मुद्दा दायर भएको निकुञ्ज कार्यालयले जनाएको छ । जसमध्ये ३२ वटा मुद्दा फाच्र्यौट भइसकेका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले यहाँ दरबन्दीसहितको वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता रहेको बताए । “बाघका लागि शुक्लाफाँटा उत्कृष्ट वासस्थानका रुपमा रहेको छ ।” उनले भने, “कुनै बेला यो एसियाकै सबैभन्दा बढी बाघको घनत्व भएको क्षेत्रको रुपमा परिचित थियो ।” -रासस

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा