ताजा अपडेट »

ढुङ्गाले किचेर एक मजदुर मृत्यु

शुक्रबार, १८ भदौ २०७८, १३ : ०९
4 Shares

फुङ्लिङ । ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।

बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयका प्रहरी प्रवक्ता कैलाश अधिकारीले जानकारी दिए । जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।