१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले अब नगरका विद्यालय भौतिक रुपमै सुचारु हुने बताएका छन् । लामो समय बालबालिका विद्यालय जान नपाएकोमा अभिभावक र विद्यालयको दबाब विद्यालय खोल्नु रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउनुको विकल्प नभएको नगरप्रमुख थारुले बताए ।

Advertisement

वडा नम्बर ११ को स्काईलार्क बोर्डिङ स्कुलले राखेको तीनदिने मन्टेश्वरी शिक्षक तालिम तथा कार्यशालाको उद्घाटन गर्दै थारुले भौतिक रुपमै नगरका विद्यालय खुलाउने तयारी भइरहेको जानकारी गराए । डिसिसिएमसीको निर्देशन अनुसार नगरका शिक्षकले समुदायमा गई कोरोनाको अवस्था पहिचान गरिसकेको र विद्यालय खोल्दा ठिक हुने रिपोर्ट ल्याइसकेको हुँदा अब चाँडै विद्यालय खोलिने उनको भनाई छ ।

यद्यपि विद्यालय भने सिकाइ केन्द्रको रुपमा सीमित विद्यार्थी राखेर चल्ने छन् । उनले भने-‘एकैपटक धेरै विद्यार्थी नभएर समुह वर्गिकरण गरी बालबच्चालाई राखेर अबको पठनपाठन अगाडी बढाउनु पर्छ । विद्यालयमा मास्क सेनेटाइजर अनिवार्य हुनुपर्दछ र सामाजिक दुरी पनि कायम भएको हुनुपर्ने छ । सरोकारवालासंगको पटकपटकको छलफलपछि नगर यस्तो निर्णयमा पुगेको हो ।’

कार्यक्रममा वडा नम्बर ११ का अवडाध्यक्ष सोमनाथ अर्यालले विद्यालय खोल्न चौतर्फी दबाब आएको बताए । पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर सिकाई केन्द्रको रुपमा विद्यालय संचालन गर्न सकिने उनको धारणा छ । उनले तीन दिने कार्यशालाबाट धेरै कुरा सिकेर विद्यार्थीमाझ नयाँ ढंगले प्रस्तुत हुन शिक्षकशिक्षकालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा