ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट मृत्यु

शुक्रबार, १८ भदौ २०७८, १० : २५
4 Shares

ओखलढुङ्गा । यहाँ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा३६प ३५२२ नंको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया घाइते भए ।

बुधबार दुर्घटनामा घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभञ्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।