ताजा अपडेट »

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु , ३ जना वेपत्ता

शुक्रबार, १८ भदौ २०७८, ०८ : ०७
6 Shares

पर्वत ।पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जना मध्ये १५ वर्षिय विमला पौडेल र ११ वर्षिय विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेको हुनाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षिय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेलको शव फेला परेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभएको छ । यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षिय ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भिषण वर्षाका कारण क्षती भएको अनुमान गरिएपनि अहिले सम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।