ताजा अपडेट »

सैनामैनामा विहानी कक्षा सञ्चालन नगर्न निर्देशन

विहीबार, १७ भदौ २०७८, १४ : २५
8 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा रहेका विद्यालयहरुले कोभिड-१९ को कारण देखाउँदै ११ र १२ का लागि विहानी कक्षा सञ्चालन गरेको भन्दै नगरपालिकाले रोक लगाएको छ । नगरपालिकाले यसअघि गरेको निर्णय अनुसार कुनै पनि शैक्षिक संस्थाले विहानको १० बजे अघिका विहानी कक्षाहरु सञ्चालन गर्न नपाउने भने पनि सो अनुसार नभएपछि निर्देशन जारी गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना महामारीका कारण शैक्षिक गतिविधि ठप्प भएका बेला सैनामैनाका केही विद्यालयहरुले कक्षा ११ र १२ का लागि विहानी कक्षा सञ्चालन गरेको पाइएपछि निर्देशन जारी गरिएको सैनामैनाका सूचना अधिकारी हेमराज अर्यालले ग्लोबल आवाजलाई बताए । नगरपालिकामा पूर्ण रुपमा शैक्षिक गतिविधि सुरु नभए पनि विद्यालयहरुले सीमित विद्यार्थीहरुलाई बोलाएर स्वास्थ्य मापदण्डको पालनासहित शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको उनले बताए ।

महामारीको वहाना देखाउँदै विद्यालयहरुले विहानी रुपमा कक्षा सञ्चालन गर्ने आसवासनसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको पाइएपछि उक्त कार्य रोक्न नगरपालिकाले सूचना जारी गरेको अर्यालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।