ताजा अपडेट »

लायन्स क्लबद्वारा कोरोना प्रभावित विपन्न परिवारलाई सहयोग

विहीबार, १७ भदौ २०७८, ११ : ३८
2 Shares

बुटवल । लायन्स क्लव अफ बुटवलले कोरोना महामारीबाट प्रभावित दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई खाद्यान्न प्रदान गरेको छ । बुधबार क्लवको सचिवालयमा कार्यक्रमको आयोजना गरि चुजी संस्थाको सौजन्यमा १०५ परिवारलाई खाद्यान्न प्रदान गरिएको हो ।

क्लवले उनीहरुलाई प्रति परिवार चामल २५ किलो, १० किलो आटा, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो चिनी, १ किलो चना र साबुन प्रदान गरिएको क्लवका अध्यक्ष लोकप्रसाद खरेलले जानकारी दिए । क्लवले प्रदान गरेको खाद्यान्न वितरण गर्दै क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैंजुले विपन्न परिवारलाई राहत प्रदान गरेकोमा क्लवलाई धन्यवाद व्यक्त गरे । उनले क्लवले दिएको सामानले गुजारा नचले पनि विपन्न परिवारलाई केही भएपनि राहत मिल्ने विश्वास व्यक्त गरे ।

क्लवका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका सभापति तथा क्लवका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष पुष्पा श्रेष्ठ, लियो क्लव अफ बुटवलका अध्यक्ष रमेश न्यौपाने, रोशनकुमार श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।