१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

Advertisement

पोखरा । पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो ।भलाममा कृष्ण श्रेष्ठको टिनको घरमा पहिरो खस्दा कृष्ण र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको छ । सुनमायाको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय श्रेष्ठलाई उपचारका लागि मणिपाल अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे ।

उनीहरुका नौ वर्षीय छोरा राजकुमारको टाउकोमा चोट लागेकाले उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।यसैगरी पोखरा–११ काहुँ भञ्ज्याङ नमुनाटोलस्थित लक्ष्य नेपालीको घरमा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते ४२ वर्षीय लक्ष्य नेपालीलाई अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते छिन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । परिवारमा रहेका ५ जना मध्य श्रीमती र २ छोरा सकुशल छन् ।यसैगरी पोखरा–११ काहुँ बसेरीस्थित एकदेव तिमिल्सिनाको ब्लकको घरमा पहिरो खस्दा एकदेव, उनकी श्रीमती रितु र छोरा गिरिश घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ