ताजा अपडेट »

दाङको सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु, एक घाइते

विहीबार, १७ भदौ २०७८, ०७ : ४०
4 Shares

दाङ । दाङको सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घोराहीको गोग्लीबाट घोराही तर्फ आउँदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्वरको गाडी सिस्नेखोलाले गएराती १० बजेतिर बगाउँदा गाडीमा सवार चार जनाको मृत्यु भएको हो भने चालक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्रा एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा गाडीमा सवार घोराही १३ बस्ने ४० बर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ बर्षिया सुसिला श्रेष्ठ, घोराही १४ का अन्दाजी ३१ बर्षिया राधा कुंवर र सोहि वडाको ४२ बर्षिया बिमला केसी रहेको डिएसपी रिजालले जानकारी दिए । सोहि घटनामा परि गाडी चालक घोराही १३ बस्ने ४३ बर्षिय नरबहादुर पुन घाईते भएका छन् । गाडीसहित दुई जनाको शव गएराती नै भेटिएको हो भने दुई जनाको विहान फेला परेको डिएसपी रिजालले जानकारी दिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी