ताजा अपडेट »

नर्भिक अस्पतालमा उपचाररत् कलाकार निशा घिमिरेको मृत्यु

बुधबार, १६ भदौ २०७८, २३ : २२
6 Shares

बुटवल । सवारी दुर्घटनामा परी घाइते भएकी कलाकार निशा घिमिरेको आज (बुधबार) साझ मृत्यु भएको छ । काठमाण्डौंको नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार घिमिरेको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको उपचारका क्रममा साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी गराएका छन् । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो । बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो । उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन् ।

जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले गत जेठ २७ गते उद्धार गरी निःशुल्क उपचार थालेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।