१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौं । प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले किमारोलाई भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट र दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा तथा भारतीय नागरिक विजय सिंहलाई काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

ब्युरोका अनुसार कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिक गामाले ३ भदौमा सो कोकिन ल्याएको खुलेको छ । उनले भारतीय नागरिक सिंहलाई कोकिन पुर्याउन लागेको विषेश सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले भनेको छ । पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य