१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

महोत्तरी । महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए । 

जिल्लाको राम गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा)ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जेल पठाएको थियो ।

दश महिनाअघि कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन् । घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको लागि ‘मार्सल टिम’ प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने दाङका २ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा