१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

तनहुँ । ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए । उनका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हुँदै आएको छ । उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हुँदै आएको छ ।

करिब रु दुई करोडका लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । उनले भने, “सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाका अवधिमा करिब २० हजार उत्पादन गरिएको छ ।” छोटो अवधिमा बजार क्षेत्र पकड लिन सकेकाले थप हौसला मिलेको उनले बताए ।आसपास जिल्लाका व्यपारीलाई काठमाडौँ, नारायणगढबाट ल्याएको भन्दा रु एक/दुई सस्तो दिँदा व्यवसायी पनि खुशी भएका छन् । टाढाबाट सामान खरिद गरी ल्याउँदा महङ्गो गाडी भाडा तिर्नुपर्ने यहाँका व्यवसायीलाई केही हदसम्म भए पनि राहतको महसुस गरिएको छ । उद्योगमा हाल छ जनशक्तिले काम गरिरहे पनि बजारको मागअनुरुप सामान उत्पादन गरी पुर्याउन गाह्रो भएको निर्देशक राउत बताउँछन् ।

उत्पादित सामानमा कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले बताए । राम्रो, गुणस्तर र बलियो भएका कारण सबैको मन जित्न सफल भएको महसुस गरेका छौँ”, उनले भने । कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यावसायिक तरकारी खेती गर्नेसमेतका योजना बनाइरहेको छ । पहिलो चरणमा उद्योग सञ्चालनसँगै ६०० स्थानीय जातका कुखुरा फार्मसमेत सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष पदमबहादुर थापा मगरले बताए ।उनले भने, “केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिमलगायतका उत्पादन थप्ने योजना रहेको छ ।” -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण