ताजा अपडेट »

वृद्ध जनप्रतिनिधिको 'उपलब्धी', बनाए एकल महिलालाई गर्भवती

शनिबार, १२ भदौ २०७८, २० : ४४
14 Shares

गुल्मी । हिन्दीमा एउटा चुट्किला छ- 'आज एक नेता जिने एक महान कार्य किया, घरकी बिबीको सख्त मनाहके बावजुद भि एक बेसाहारा महिलाको सहरा दिया ।' ठिक त्यस्तै गाउँको विकास निर्माणसंगै जनताको सेवामा अहोरात्र खट्ने उद्घोष गर्दै चुनाव जितेका एक जनप्रतिनिधिले एक एकल महिलालाई शारीरिक सहारा दिएको जानकारी भएको छ ।

गुल्मीको इस्मा गाउँपालिकाका एक जना जनप्रतिनिधिले एउटी एकल तथा बेसाहरा महिलालाई साहारा दिएर उल्टो अर्थमा 'महान कार्य' गर्दै आएको घटना हालै बाहिरिएको छ ।

इस्मा गाउँपालिका- ३ का वडा सदस्य नयाँपोखरा निवासी ६५ वर्ष उमेर नाघेका सिरबहादुर कुँवरले स्थानीय अन्दाजी ४० वर्ष उमेर पुगेकी एकल महिलालाई गर्भवती बनाएर उल्टो अर्थमा 'महान कार्य' गरेका हुन् । स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल सकिन अब धेरै महिना बाँकी छैन्। यस अवधीमा आफूले आफ्नो कार्यकालमा जनताको पक्षमा के कति कामममा उपलब्धी हासिल गरें ? अब गर्न के बाँकी छ ? भनेर समीक्षा गर्नु बेला हो । तर, वडा सदस्य कुवँर भने बुढेशकालको गलत उपलब्धीका रुपमा गर्भवती बनाइएको ती महिलाबाट कसरी छुटकारा पाउँ भन्ने समीक्षा र चिन्तामा डुबेका छन् ।

आफुलाई अन्याय परे न्याय माग्नु पर्ने उनै जनप्रतिनिधि कुवँरको अहिले ७ महिनाको गर्भधारण गरेकी ती महिलाका श्रीमानको ३ वर्ष अघि मृत्यु भएको स्थानीयले बताएका छन् । उनी गर्भवती भएको बारे छिमेकी महिलाहरुले केरकार गर्दै जाने क्रममा उनै, वडा सदस्य कुवँरको गर्भ हो भनेर ती महिलाले भनेपछि वडा कार्यालयमा छलफलमा बोलाइएको र वडा सदस्य कुवँरले आफ्नो गर्भ हो भनि स्वीकार गरेको वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाले बताए ।

वडा सदस्य कुवँरको घरमा श्रीमति छन् । यस्तो अवस्थामा वडा कार्यालयले दोश्रो विवाह गराई दिन नमिल्ने हुृँदा आपसी समझदारी गर्नु वा ती महिलाले कानुनी बाटो रोज्नु भन्दै आफुले पठाएको वडाध्यक्ष सापकोटाको भनाई छ ।

वडा सदस्य कुवँरका नाति-नातिना समेत रहेका छन् । उता ती एकल महिलाका मृतक श्रीमान तर्फकी जेठी छोरीको विवाह भइसकेको र साथमा ६ वर्षिया एक छोरी र ४ वर्षिया एक छोरा रहेको स्थानीयले बताए।

गाउँका छोरी बुहारीहरुको रक्षक हुनु पर्ने जनप्रतिनिधि नै भक्षक बनेर उनीसँग अवैध सम्बन्ध राखेर गर्भधारण गराए पछि कानुनतः ती महिला अलपत्र पर्नुको साथै उनका नाबालक दुई सन्तानको समेत बिचल्ली हुने भएको छ । वडासदस्य कुवँर विरुद्ध कानुनी कारवाही अगाडि बढाउनुको साटो गाउँमै घटनालाई थामथुम पारिएको भन्दै स्थानीय आक्रोशित भएका छन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार