१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस दाङले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कमलकिशोर घिमिरे, किरणकिशोर घिमिरे र कपिलकिशोर घिमिरेकी आमा स्वर्गीय यवादेवी घिमिरेको नवौ दिनको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भदौंको १८ गतेदेखि सुरु हुने महाधिवेशनलाई सफल बनाउन लाग्नुपर्ने बताए ।

Advertisement

महामन्त्री कोइरालाले त्यसका लागि कांग्रेसमा गुटबन्दीलाई समाप्त पार्न आवश्यक रहेको बताए । गुटबन्दीका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको भन्दै महामन्त्री कोइरालाले आगामी निर्वाचनमा गुटगत राजनीति छोड्नुपर्ने बताए । ‘कांग्रेस बलियो छ । तर गुटबन्दीका कारण कमजोर बन्ने गरेको छ’, महामन्त्री कोइरालाले भने, ‘गुटवन्दीलाई समाप्त गर्नुुहोस् । कांग्रेसलाई बलियो बनाउनुहोस् ।’ उनले अहिले एमाले फुटेको र माओवादी कमजोर बनेकाले कांग्रेसलाई प्रमुख पार्टी बन्ने अवसर सिर्जना भएको बताए ।

कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले महाधिवेशनका लागि तयार हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । महाधिवेशनका लागि देखिएको विवाद अहिले समाधान भैसकेको भन्दै सहमहामन्त्री महतले अव निर्धारित समयमै महाधिवेशन हुन्छ । उनले ४८ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिकसँगै निर्वाचन अधिकृत समेत तोकिरहेको भन्दै बाँकी रहेका जिल्लाहरुको आइतबारसम्म सार्वजनिक हुने बताए ।

‘क्रियाशिल सदस्यता सम्बन्धी विवाद केही छैन । डाटा इन्ट्री गर्ने र मिस्टेक भएका ठाउँमा मिलाउने काम भैरहेको छ’, उनले भने ‘त्यो आइतवारसम्म समाधन हुन्छ र अनलाइनमा सार्वजनिक हुन्छ ।’ कांग्रेसका लागि अहिले ठुलो अवसर भएकाले नेता महतले आउने संसदीय निर्वाचनमा विपक्षीसँग लडेर पार्टीलाई सफल बनाउने गरी नेत्ृाव चयन गर्न समेत नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले विपक्षीसँग लडेर कांग्रेसलाई प्रमुख पार्टी बनाउने संसदीय निर्वाचन भएको भन्दै अहिलेको निर्वाचनमा आफ्नै पाटीभित्र लडेर एकअर्काको सत्रु बर्ने काम नगर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दीपक गिरीले कांग्रेसलाई राम्रो र सशक्त पार्टी बनाउनका लागि आउने निर्वाचनमा स्वास्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले कांग्रेसको हारले जनताले धेरै दुःख पाएको भन्दै त्यो दुःख सम्झेर कांग्रेसलाई बनाउने गरी नेता तथा कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिए । ‘कांग्रेसभित्रको लडाईका कारण अहिले जनताले दुख पाइरहेका छन्, यसको मुख्य कारण भनेको कांग्रेसभित्रको स्वास्र्थ हो’, नेता गिरीले भने ‘कांग्रेसलाई बलियो बनाउने र जनताको सेवाका लागि व्यक्तिगत स्वार्थ त्यागेर पार्टीका लागि सवै लाग्नुपर्छ ।’ नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री संन्जय गौतम जवसम्म समग्र कांग्रेस निर्माण गर्न सक्दैनै अहिले कांग्रेसले भविष्य निर्माण गर्न नसक्ने बताए । बिचारमा फरक फरक भए पनि पार्टी निर्माण सबै मिल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जनताको लागि कांग्रेसले थालेको आन्दोलनमा स्वर्गीय यवादेवी घिमिरेको ठूलो योगदान रहेको भन्दै त्यो योगदानलाई भुल्न नसक्ने बताएका थिए । साथै बक्ताहले काग्रेसलाई सफल र सशक्त पार्टी बनाउनका लागि नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनतको लागि लाग्नुपर्ने बताए । श्रद्धाञ्जलीसभालाई संविधान सभा सदस्य राजु खनाल, लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी, कांग्रेस जिल्ला कोषाध्यक्ष साबित्रा राना, महासमिति सदस्य केशव आचार्य, कांग्रेसका महाधिवेशन प्रतिनिधि भारतबहादुर न्यैपाने, नेपाली कांग्रेस क्षेत्र २ का सभापति भुपबहादुर डाँगी, क्षेत्र ३ का सभापति जगत खड्का, नेपाली कांग्रेस क्षेत्र २ क का सभापति गिरीराज सुबेदीलगायतले बोलेका थिए । नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ