१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

नयाँ दिल्ली । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरला राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.९९ प्रतिशत हो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको लागि ‘मार्सल टिम’ प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने दाङका २ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा