ताजा अपडेट »

दुवै मात्रा खोप लगाएकी गौरिकालाई कोरोना संक्रमण

बुधबार, ०९ भदौ २०७८, ०८ : ४५
10 Shares

काठमाडौं । नेपाली पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। गौरिकाले आफूले खोपको दुई मात्रा लगाए पनि संक्रमण देखिएको बताएकी छन्। उनी हाल बेलायतमा रहेकी छन्। गौरिकाले सरकारी नियमअनुसार आफूलाई १० दिन ‘आइसोलेट’ गरेको बताएकी छन्।

गौरिकाले सबैलाई नियमित मास्क लगाउन र लक्षण देखिँदा परीक्षण गराउन पनि आग्रह गरेकी छन्। उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।