१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

गर्मी यामका स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन् । तापमान बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढेको छ । तापमान वृद्धि र जलवायु परिवर्तनका कारण गर्मी मौसममा आँखामा विभिन्न किसिमका समस्या देखिने गर्छ । काठमाडौँ उपत्यकासहित मुख्य मुख्य सहरहरू अव्यवस्थित हुँदा फोहोर मैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने आँखा रोग विशेषज्ञ बताउँछन् । आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मी मौसममा आँखा चिलाउने, पाक्ने, पोल्ने, रातो हुने, सुख्खा हुने, बिझाउने आदि समस्या देखिन सक्ने आँखा रोग विशेषज्ञ डा. कमल खड्का बताउँछन् ।

Advertisement

कोरोना महामारी बढेसँगै कम्प्युटर, ल्यापटप, मोबाइल आदिको प्रयोग गर्ने सङ्ख्या बढेकाले स्क्रिनमा हेर्दा ख्याल गर्नुपर्ने हुन्छ । आँखा शरीरको सबैभन्दा संवेदनशील अङ्गको रूपमा चिनिन्छ । आँखामा देखिएका समस्यालाई सामान्य समस्या भनेर हेलचक्र्याइँ गर्दा आँखाको ज्योति गुम्ने खतरा हुने आँखा रोग विशेषज्ञ डा. खड्का बताउँछन् । आँखाको उचित हेरचाह अत्यन्त जरुरी भएको उनको भनाइ छ । गर्मी याममा बढी हावा चल्ने, धुँवाधूलो बढी हुने गर्छ ।

गर्मी याममा आँखामा यस्ता समस्या देखिन सक्छन् ।

—आँखा पाक्ने ।
—आँखा सुख्खा हुने ।
—आँखा चिलाउने ।
—आँखा पोल्ने ।
—आँखा रातो हुने ।
—आँखा बिझाउने ।
—आँखाबाट आँसु आइरहने ।
धुँलोधूवाले गर्दा आँखा धमिलो हुने आदि समस्याहरू देखिन सक्छ ।

गर्मी याममा आँखाको हेरचाह गर्न विशेषज्ञ डा.खड्का यस्ता सुझाव दिन्छन् ।
— हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् । त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
—आँखालाई सधैँ सफा राख्ने, कम्तीमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।
—आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमालहरू प्रयोग नगर्ने
—साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।
—आँखामा जथाभाबी औषधि प्रयोग गर्न हुँदैन ।
—आँखामा आएको कचेरालाई हातले नछुने, आँखामा हात छोइहाल्न परेमा साबुन पानी हात सफा गरेर मात्रै छुनुपर्छ ।
—आँखा सुक्खा भएको खण्डमा विशेषज्ञको सिफारिसमा औषधिको प्रयोग गर्नुपर्छ ।
– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने
—सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।
—राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा गर्ने ।
—आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।
– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट जोखिनु पर्छ ।
—सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठुलो समस्या पैदा गर्न सक्छ ।
—बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।
—प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।
—बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।
—धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।
—कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।
—मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।

आँखालाई पनि आरामको जरुरत पर्छ
लामो समयसम्म स्क्रिनमा हेरेर काम गर्ने, अध्ययनहरूको आँखा सुख्खा हुने पाइएको आँखा रोग विशेषज्ञहरू बताउँछन् । यस याममा धेरै हावा चल्ने र कम्प्युटरमा एकोहोरो हेर्दा आँखा सुख्खा हुन सक्छ । त्यसैले लामो समयसम्म मोबाइल, कम्प्युटर चलाउँदा बेलाबेलामाम आँखालाई आराम दिन आवश्यक छ । आँखामा कुनै समस्या देखिदा आफ्नो इच्छाअनुसार औषधिको प्रयोग गर्न हुँदैनन् । आँखा रोग विशेषज्ञको सल्लाहमा मात्रै औषधिको प्रयोग गर्नुपर्छ । पछिल्लो समय धेरै समयसम्म आँखाको सुख्खा हुने समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र