ताजा अपडेट »

कफी पिउनु स्वास्थ्यका लागि कति फाइदा !

आइतबार, ०६ भदौ २०७८, ०६ : २१
26 Shares

एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् ।

तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका छन् । उनीहरुले कफीका कारण भन्दा कफी पिउने मानिसको जीवनशैलीका कारण आयु बढेको भन्दै प्रश्न गरेका छन् ।इन्टरनेशनल एजेन्सि फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डनका शोधकर्ताका अनुसार अधिक कफी पिउनेको सम्बन्ध मुटु र अन्य विरामीका कारण हुने मृत्युको जोखिम कम गर्नेसँग सम्बन्धित छ ।

क्याब्रिज विश्वविद्यालयका प्रोफेसर सर डेविड स्पीगलहालटरका अनुसार यदी कफीका कारण मृत्युको दरमा कमीका आकलन गरिन्छ भने एक अतिरित्त कप कफी हरेक दिन पिउनाले पुरुषको उमेर तीन महीना भन्दा धेरै र महिलाको आयु औसत एक महिना बढ्न जान्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।