१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement

भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे । फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ ।

भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ । भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ । एफआईईओका महानिर्देशक डा.अजय सहायले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, ‘अफगानिस्तानको स्थितिमाथि निरन्तर हाम्रो ध्यान केन्द्रीत छ । त्यहाँबाट आयात गरिने सामानहरु पाकिस्तान हुँदै भारत आउँछ । तर, अहिले तालिबानले पाकिस्तानतर्फ आउने सबै मालवाहक गाडी रोकिदिएको छ । दुवै तर्फको आवतजावत ठप्प भएको छ ।’

रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था