१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर हामी मध्ये कतिपय यस्ता छौ जसलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ । तर किन त ? लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण :

Advertisement

१. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ ।

२. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ ।

३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।

४. कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन् ।

५. बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।

६. अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।

७. यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

८. मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन् । त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

९. लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

१०. सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ ।
धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ