२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

साउन २६,
काठमाण्डौं । बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरे पनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।

एक बालिकाले गरेको उजुरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौँ बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरूलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ । अमेरिकी महान्यायाधिवक्ता विलियम बारले संघीय थुनामै रहेका बखत एप्स्टाइनको मृत्युले आफू स्तब्ध भएको बताए । उनले एक वक्तव्य जारी गर्दै एप्स्टाइनको जेलभित्रै भएको मृत्युले उत्पन्न गरेका सुरक्षासम्बन्धी गम्भीर प्रश्नको उत्तर खोजी गर्नुपर्ने पनि बताए । संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो । तत्कालै अस्पताल पुऱ्याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै मृत घोषणा गरिएको थियो । ६६ वर्षीय एप्स्टाइनलाई अदालतले पनि जमानत दिन अस्वीकार गरेको थियो । उनले आफू निर्दोश रहेको बताउँदै आएका थिए ।

अमेरिकी न्यायाधिवक्ता जियोफ्री बर्मानले पनि संघीय अनुसन्धान जारी रहने बताएका छन् । एप्स्टाइनसँग जोडिएका अरू व्यक्तिको खोजी गरी कानुनको कठघरामा ल्याउन अनुसन्धान र कारबाही अघि बढ्ने पनि उनले जानकारी दिए । कारागारका एक पदाधिकारीले एप्स्टाइनले कागारभित्र यसअघि नै आत्महत्या गर्न खोजेको देखिएपछि उनको हातको नाडीमा विशेष घडी जडान गरिएको बताएका छन् । आत्महत्या गर्नेक्रममा उनले हातको नाडीमा बाँधिएको घडी फुकालेको पाइएको थियो । एप्स्टाइनको जीवन अत्यन्त विलासितापूर्ण रहेको र उनीसँग शक्तिशाली एवं प्रतिष्ठित व्यक्तिहरूको उठबस थियो । उनको सम्बन्ध राजा, राजकुमारी तथा राष्ट्रपतिहरूसँग पनि रहेको विश्वास गरिन्छ । उनको क्यारेबियन द्वीपमा १०० एकड निजी जमिनमा भव्य महल हुनुका साथै न्युयोर्कमा भव्य महल रहेको थियो ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा १० अंकले बढ्यो सेयर बजार