ताजा अपडेट »

प्रतिष्ठान गुल्मीमा नयाँ नेतृत्व, दुई दर्जनबढीलाई सम्मान

आइतबार, २६ साउन २०७६, १३ : ३६
12 Shares

साउन २६,
गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा बसन्त खत्री निर्वाचित भएका छन् । प्रतिष्ठान गुल्मीको छैठौं जिल्ला अधिवेशनबाट खत्रीको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।


वरिष्ठ उपाध्यक्ष शिलु भट्टराई, द्वितीय उपाध्यक्ष प्रकाश बस्नेत, महिला उपाध्यक्ष सञ्जीवनी अर्यालय, सचिव भुवन भुसाल, सह–सचिव सुरज खरेल कोषाध्यक्ष इश्वरी कंडेल, सह–कोषाध्यक्ष श्रीधर पोखरेल भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो । गत वर्ष जस्तै यसवर्ष पनि प्रतिष्ठान गुल्मीले सहमतीको आधारमा नयाँ नेतृत्व चयन गरेको हो । शनिवार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्ष चन्द्र शर्माले उद्घाटन गरेका थिए ।


अधिवेशनको अबसरमा बृहत साँस्कृतिक कार्यक्रम र गुल्मी लोक तारा २ को फाइनल कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, सचिव खुमन अधिकारी, प्रदेश ५ का संयोजक लक्ष्मण खड्का, प्रदेश ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु पुस्कल शर्मा, हुम गैरे, नारायण बिपि परियार, रामप्रसाद पौडेल, उज्जवल गिरी, नन्दु परियार लगायत २ दर्जन बढि कलाकारहरु सहभागि थिए । अधिवेशनको अबसरमा २ दर्जन वढि सामाजिक व्यतित्वलाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।