४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

स्याङ्जा । समन्वय उपप्रमुख दिलीपकुमार बगाले सहित १० जना वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेका हुन् ।

Advertisement

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षक लगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए । ख्याम बहादुर थापाले अर्यालको घर भाडा लिई विगत लामो समयदेखि जुवा अड्डा बनाउदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

क्याम्पस रोडको घरमा दुई वटा फ्ल्याट भाडामा लिएर खेमबहादुर थापाले जुवा खेलाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जुवा खेल्न प्रयोग गरिएका तास र अन्य विभिन्न सामग्रीहरू पनि प्रहरीले बरामद गरेको छ । जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख जुवाखाल (तास)बाट पक्राउ परेका छन् ।

प्रहरीले जुवाखालबाट नगद ३५ हजार ९ सय ५० रुपैयाँ र तास बरामद गरेका छन् । उपप्रमुख बगाले यसअघि पनि वडा अध्यक्षलाई कुटपिटको आरोप प्रहरी हिरासत परेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर