२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

बुटवल । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) का विभिन्न शाखा कमिटीहरुले शनिबार बुटवल क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।

Advertisement

सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । जसको एमाले र उसका भ्रातृ संगठन लगायतले विरोध गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्बासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर लगायतका नारा लगाएका थिए । बुटवलको मगरघाट, बुटवल–११ देवीनगरको एमाले चोक, बुटवल आँखा अस्पताल, बुटवल वडा नम्बर १२ र १३ लगायतका ठाउँहरुमा शाखा कमिटीहरुले प्रदर्शन र कोणसभा गरेका हुन् ।

प्रदर्शनपछि आयोजित आमसभालाई विभिन्न नेताहरूले सम्बोधन गरेका थिए । कोणसभालाई संबोधन गर्दै एमाले रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै तत्काल आयोग विघटन बदर गर्न माग गरे । उनले सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको बताए ।

कोणसभालाई एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, प्रदेश नेता गुरुप्रसाद शर्मा, एमाले रुपन्देहीका सदस्य वसन्त ढकाल, नगर सचिवालय सदस्य शोभाखर पोखरेल, नगरका नेताहरु मेघराज न्यौपाने, गुरु पंगेनी, दिनानाथ भट्टराई, ज्ञानु केसी, राजेन्द्र ढकाललगायतले पनि संबोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने