३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

नेपाल एक विकासोन्मुख , मिश्रित अर्थव्यवस्था अपनाएको देश हो। जहाँका अधिकांश जनता कृषिमा निर्भर छन् भने वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको विदेशी विनिमय प्राप्त गर्ने प्रमुख स्रोत हो । नेपाली अर्थतन्त्रका समष्टिगत आर्थिक सूचकको अवस्था वि.सं. २०७२ सालको महाभूकम्प पछि विस्तारै सुधारजनक रुपमा देखिन थालेको परिस्थितिमा यस कोभिड–१९ र यसका विभिन्न भेरियन्टको कारणले आगामी केही वर्ष नकरात्मक रुपमा आउने कुरामा कुनै विवाद छैन् ।

Advertisement

देशको पछिल्लो आर्थिक सर्वेक्षणले पनि यस कुराको संकेत गरेको छ । चिनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैँयासम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंकले सन् २०१९ मा गरेको भएता पनि पछिल्लो अवस्थालाई हेर्दा यो रकम दोब्बर हुुने निश्चित नै छ ।

आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने , आपूर्तिममा अवरोध , पर्यटन गतिविधिमा कमी ,स्वास्थ्यमा असर लगायतका कारण विश्वका अन्य मुलुकसगैँ नेपाल पनि प्रभावित हुने एडिविको अध्ययनले देखाएको छ । कोरोनाको असर कस्तो हुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था नभए पनि एसियाली विकास बैंकले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल ग्राहस्थ उत्पादनको शून्य दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडिबिले गरेको छ । प्रकोप अनियन्त्रित भयो भने नेपाली अर्थतन्त्रमा प्रत्येक आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनमा १.११ प्रतिशत अर्थात् ३७ अर्ब रुपैँया बराबरको क्षति हुने अनुमान रहेको छ ।

नेपाली अर्थतन्त्रको लागि आवश्यक पर्ने विदेशी विनिमय संकल गर्ने भरपर्दो माध्यम पछिल्लो समयमा पर्यटन उद्योग बनिरहेको थियो । साथै यस क्षेत्रले आन्तरिक रुपमा कायम रहेको बेरोजगारी समस्यालाई पनि समाधान गर्ने विकल्पको रुपमा आफुलाई स्थापित गर्दै थियो । यद्दपि विश्वव्यापी रुपमा फैलिएको कोभिड २०१९ को कारणले गर्दा त्यो सम्भावना केही समयको लागी स्थगित भएको छ । कोभिडको पहिलो र दोस्रो लहरको प्रभावलाई न्यूनिकरण गर्न तथा मानविय क्षतिलाई कम गर्न पटक पटक गरिएका बन्दा बन्दीले गर्दा यस क्षेत्रमा आश्रित ५८० हजार भन्दा बढी नेपालीहरु बेरोजगार बनि रहेका छन्।

लाखौको संख्यामा वैदेशिक पर्यटकका यात्रा स्थगित भएका छन । सयौँ संख्यामा हिमाल आरोहिका टिकट स्थगित भएका छन । जसको असर नेपाली पर्यटन क्षेत्रले नकारात्मक रुपले व्यहोरी रहेको छ । नेपाली अर्थतन्त्रले व्यहोर्ने कुल क्षतीको ५४ प्रतिशत क्षति यस क्षेत्रले व्यहोर्ने कुरालाई एडिबिको प्रक्षेपणले बताइसकेको छ ।

सन् २०१८ र २०१९ मा क्रमश : ११ लाख ७३ हजार , ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० को सुरुवातमै कोभिड १९ विश्वभर महामारीका रुपमा फैलिएका कारणले नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गरिएको तथ्यबाटै नै यस क्षेत्रमा परेको असरका बारेमा स्पष्ट बुझ्न सकिन्छ ।

आर्थिक सर्वेक्षण २०७७/७८ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल भ्रमण गरेकोमा सन् २०२० मा यो संख्या ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मा सिमित भएको छ । २०७६ पौष देखी २०७७ पौष महिना सम्ममा यस उद्योगले विदेशी पर्यटकबाट रु .२४ अर्ब ९५ करोड ५९ लाख कमाएकोछ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७० प्रतिशतले कमी हो ।

पर्यटन उद्योग सेवामूलक उद्योग भएका कारणले गर्दा यसले अर्थतन्त्रमा भएका अन्य उद्योगको विकासमा पनि सकारात्मक प्रभाव पारिरहेको हुन्छ । यसका माध्यबाट घरेलु तथा साना उद्योगहरुको उत्पादनहरुले सहज रुपमा बजार पाएका हुन्छन । यद्धपी वर्तमान समयमा पर्यटन उद्योगमा परेको असरले गर्दा साना तथा मझौला उद्योग पनि बन्द अवस्थामा रहेका छन् । कोभिडको प्रभाव पर्यटन उद्योगमा चक्रिय रुपमा पर्ने देखिन्छ ।

माथिको चक्रबाट नै पर्यटन क्षेत्रमा परेको असरका कारणले देशको आर्थिक विकासको यात्रा के ? कसरी ? प्रभावित हुन्छ भन्ने कुराको स्पष्ट संकेत प्राप्त हुन्छ । कोभिडका कारणले नेपाली अर्थतन्त्रका विविध गतिविधीहरु बन्द अवस्था रहेका कारणले गर्दा यसका सहायक क्षेत्रहरुमा पनि रोजगारीका अवसरहरु क्रमश : घट्दै गएका छन् । जसको सिधा प्रभाव देशको पूँजीँ निमार्णको प्रक्रियामा पर्नेछ । पर्यटन व्यवसाय र यसमा आश्रित घर परिवारको आर्थिक अवस्था निकै कष्ठकर बनेको छ । पर्यटन व्यवसायमा अल्पकालिन तथा दीर्घकालिन दुवै प्रकारका प्रभावहरु देखिनेछन् ।

अल्पकालिन प्रभावहरुमा रोजगारीको कटौती

पर्यटकको आवागमन बन्द, हवाई यातायात बन्द देखिएका भएता पनि दीर्घकालिन रुपमा यसको प्रभाव आम्दानी , रोजगारी , गरिबी , अशिक्षा, आय असमानता,जीवनको गुणस्तरमा कमी , सामाजिक न्यायमा कमी, लगाएतका पक्षमा देखा परी सम्रग आर्थिक विकासको यात्रा नै केही वर्ष पछाडि धकिलिने छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर यस क्षेत्रमा गरिएको लगानीको पनि क्षतिपूर्ती सरकारले नदिएको कारणले थप पीडामा पर्यटन उद्योग परेको छ । यस क्षेत्रमा निजी क्षेत्रबाट गरिएको लगानी सुरक्षित बनाउनको लागि पछिल्लो समयको सरकारको बजेटले पनि ठोस कार्यायोजना सहित समेट्न सकेको छैन ।

पर्यटन प्राचीनकाल देखिनै मानवको लोकप्रिय विषयको रुपमा रहेको छ । मानिस सभ्यताको सुरुवात देखी नै टाढाटाढा सम्म यात्रा गर्दै आईरहेको छ । प्राचिनकालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरुमा फेनोसियनहरुको नाम लिन सकिन्छ । विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको पाईन्छ । विश्व पर्यटनका क्षेत्रमा अठारौँ शताब्दीलाई पर्यटनको सुनौलो युग मानिन्छ ।

विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । नेपालमा पर्यटन प्राचिनकालमा व्यापारीक उद्देश्यले हुने कुरालाई कौटिल्य अर्थशास्त्रमा समेत उल्लेख गरिएको छ । चिनियाँ नागरिकहरुले भारतमा आफ्ना उत्पादनहरु बिक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा गरेका छन जसले नेपालको पर्यटन क्षेत्र तत्कालिन समयदेखि चलेको भए पनि प्रयाप्त विकास नभएको र त्यसमा पनि ग्रामिण पर्यटनले त कुनै पनि नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको महशुस गराउँछ ।

तर, आज समय फेरिएको छ जसले गर्दा ग्रामिण पर्यटनले प्राथमिकता पाउँदै गएको छ र त देशका थुप्रै ठाउँमा नमुना ग्रामिण बस्तीँ निर्माण तथा सञ्चालन भएका छन जुन सकारात्मक कार्य हो नेपालको ग्रामिण गरिबी निवारणका लागी र देशको अर्थतन्त्रका लागी जतिबेला नेपाली अर्थतन्त्रमा ग्रामिण पर्यटनलाई बढवा दिने योजना बनाईएको थियो बिडम्वना तत्कालिन समयमा नै देशमा राजनैतिक अस्थिरता उत्पन्न भयो जसले गर्दा यसमा सोचे अनुसारको उपलब्धी नभएको पक्कै पनि हो।

नेपाल धेरै ग्रामिण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको शसत्त माध्य भनेको नै पर्यटन हो भन्नेमा दुइमत छैन । नेपालमा गगनचुम्बी चुचुराहरु,सांस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरुबाट बढ्दो मात्रामा पर्यटकहरु आर्कषित तवरले आउने गर्दछन । यद्धपी वर्तमान समयमा कोभिडका कारणले नेपाली गन्तव्य स्थलमा शून्यता छाएको छ ।

परम्परागत नेपाली कला , साहित्य र नेपानी जनजीवनका बारेमा स्पष्ट जानकारी दिने ग्रामिण पर्यटनका गतिविधिमा बन्दी आएकोले ग्रामिण क्षेत्रमा गरिबीको दर बढ्ने निश्चित बनेकोछ । नेपालको ग्रामिण क्षेत्रमा नै विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि सन् २०१६ का लागि उत्कृष्ट प्रमुख गन्तव्य पनि ग्रामिण क्षेत्रमै पर्दछ । नेपालमा आउने पर्यटकहरु विशेषत हिमशिखरको आरोहण गर्न,मानसिक शान्ति प्राप्त गर्न , विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म्स्थल अवलोकन गर्न , एक सिंगे गैंडाको बारेमा अध्ययन गर्न तथा यहाका विभिन्न कला संस्कृति, धार्मिक सांस्कृतिक स्थलका बारेमा बुझ्न,जैविक विविधताको बारेमा अध्ययन गर्न ,जातजातिका बारेमा अध्ययन अनुसन्धानका लागि मुख्य रुपमा आउने गर्दछन्।

अन्त्यमा, देशमा बन्दा-बन्दीको अवस्थामा पनि ऐतिहासिक, पुरातात्कि तथा स्थलको पुनः निमार्णका कार्यमा आएको सकारात्मक परिवर्तनले बन्दा–बन्दी खुलेर सहज परिस्थिति निर्माण हुने आशाका पालुवाहरु राखेर यो उद्योग बिदामा बसेकोछ । सरकारले कोभिड–१९ र नयाँ भेरियण्ट कारणले गर्दा यो पेसा व्यवसायमा लगानी गरेका लगानीकर्ता तथा श्रमिकहरुको वर्तमान आर्थिक अवस्था थला परेकोछ । यस क्षेत्रलाई पुन : जीवन प्रदान गर्नका लागि विशेष आर्थिक राहत कार्यक्रम ल्याउन जरुरी छ । सरकारले यस क्षेत्रलाई कर आम्दानी क्षेत्रका रुपमा परिभाषित नगरेर विशेष परिस्थितिमा राहतका कार्यक्रम दिन चुक्नु हुँदैन ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो छाप्रामै थलिए राउटे थप चारजना अनुसन्धानमा तानिए, प्रत्यक्षदर्शी भएको आशंका कालो बादल देखेपछि डराउँछन् रुपन्देहीको मर्चवारबासी