ताजा अपडेट »

प्रतिष्ठान गुल्मीको २५ गते छैठौं अधिवेशन, तयारी तीब्र

विहीबार, २३ साउन २०७६, १५ : १२
4 Shares

साउन २३,
गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले राष्ट्रिय स्तरकारका कलाकारसँगै श्रष्टासम्मान गर्ने भएको छ । आगामी साउन २५ बुधबार संस्थाको छैठौं अधिबेशनका अवसरमा लोक गायन प्रतियोगिताको उत्कृष्ट तथा गुल्मीका फरक बिधाका ४ व्यक्तित्वलाई सम्मान गर्ने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्वितीय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । गत बैशाख १५ गतेबाट सुरु गरिएको ‘गुल्मी लोकतारा २०७६ सिजन २’ उत्कृष्ट छनोट कार्यक्रम गरिदैँ छ । गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये अन्तिम १० को लागि छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए । अधिबेशनको लागि तीब्र रुपमा तयारी भइरहेको संस्थाकी कोषाध्यक्ष गायिका शिलु भट्टराईले बताइन् । अधिबेशनको अबसर पारेर झण्डै २ दर्जन बढि राष्ट्रिय कलाकारहरु र स्थानिय कलाहरुको सांगीतिक प्रस्तुति समेत रहने गायिका भट्टराईले बताइन् ।

कोको छन् अन्तिम १० जनामा

अन्तिम चरणका लागि धनमायाँ राना मुसिकोट नगरपालिका, खिमा नेपाली सत्यवती गाउँपालिका, झग बहादुर बुढा, कालीगण्डी गाउँपालिका, सम्झना कुँवर इस्मा गाउँपालिका, निश्चल गुरुङ्ग गोर्खा, लालिमायाँ कुँवर सत्यवती गाउँपालिका, लक्ष्मण सुनार गुल्मी दरबार गाउँपालिका, कमल बिक रुरु गाउँपालिका, खिम काउछा धुर्कोट गाउँपालिका, गगन सिंजाली इस्मा गाउँपालिका छनोट भएका हुन् । छनोट भएका प्रतियोगिले अन्तिम चरणको कार्यक्रममा लाइभ म्युजिकमा गाउनु पर्ने नियम बनाईएको अध्यक्ष पन्थले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।