ताजा अपडेट »

बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात !

सोमबार, ११ साउन २०७८, १२ : १४
8 Shares

कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ । चुपचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ । तर यो बानी नभएर एउटा बिरामीको संकेत हो ।सामान्यतः सबै मानिसले खुट्टा हल्लाउने गर्दछन् । धेरैले यसलाई बानी व्यवहार माने पनि विशेषज्ञ भने बिरामीको संकेत मान्दछन् ।यसरी खुट्टा हल्लाउने बानी भएकामा हृदयाघात हुने खतरा बढी हुन्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई ’रेस्टलेस लेग सिन्ड्रोम’ भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको हुन्छ ।

हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा. जोन डब्लू विकलम्यानका अनुसार ’खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्दछ । यस्ता व्यक्तिले निदाउनु भन्दा पहिले दुई सयदेखि तीन सय पटकसम्म खुट्टा हल्लाइसकेका हुन्छन् । खुट्टा हल्लाउनाले रक्तचाप र मुटुको चाल बढ्छ । पछि गएर यो मुटुको रोगको सबैभन्दा ठूलो कारक समेत बन्न सक्छ ।अनुसन्धानकर्ता डा. विकलम्यानले यो नतिजा ३ हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन् । अध्ययनमा सामेल व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो । तिनको खुट्टा हल्लाउने समस्या र मुटु रोगबीच तुलनात्मक अध्ययन गरियो ।

सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा खुट्टा हल्लाउने समस्या र मुटु रोगको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो । यति मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च रक्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृदयाघातको जोखिम झन् बढी हुने गरेको पाइयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।